उत्तरी गोरखामा खाद्यन्न वितरण

Share:

गोरखा । फ्रेन्ड्स अफ सिङ्ला नेपाल स्टिफटुङ स्वीसको सहयोगमा उत्तरी गोरखाको खोर्लाबेशी र हुल्चुकमा खाद्यन्न वितरण गरिएको छ ।

उक्त संस्थाले धार्चे गाउँपालिकाको हुल्चुकबाट २४६ , खोर्ला र खोर्लाबेशीबाट २३६ घर परिवारका लागि ३० किलोग्राम चामल, एक लिटर तेल, नुन, सावुन प्रदान गरेको थियो ।

खाद्यन्न सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सोम गुरुङले दुखमा परेका समुदायका लागि सहयोग गरेको बताए । उत्तरी गोरखा घर भई विभिन्न मुलुकमा बसोबास गर्दै आईरहेका व्यक्ति तथा संस्थाहरुले काठमाण्डौ, गोरखा लगायतका स्थानमा बसोबास गर्ने त्यस क्षेत्रका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

यस अघि उक्त संस्थाले सिङ्ला लगायतका क्षेत्रमा वन संरक्षणमा सहयोग पुग्ने उदेश्यका साथ ग्याँस सिलिण्डर, चुल्हो समेत समुदायलाई प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: