नेपालमा थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ९५ पुग्यो

Share:

काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

तीनै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने ३६ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: