
काठमाडौँ । सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सरकारले लकडाउनको समयसीमा थप गरेको यो पाचौं पटक हो । सरकारले पहिलो पटक चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको थियो।
कमेन्ट गर्नुहोस्
