
काठमाडौँ । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा आधिकारिकरुपमा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन्।
नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।
यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
कमेन्ट गर्नुहोस्
