
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजे परकम्प गएको हो।
भक्तपुरको अनन्तलिंगेश्वर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको परकम्प गएको केन्द्रले जनाएको छ । परकम्पको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो।
यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
