
काठमाडौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ। मन्त्रिपरिषदको आज (शुक्रबार) बसेको बैठकले सविधानको अनुसूची ३ संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो ।
संविधान संशोधन भएसँगै नयाँ नक्सा निशान छापमा राखिने छ।
सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ ।
कमेन्ट गर्नुहोस्
