
बाँके । बाँकेका २१ जना कोरोना (कोभिड–१९) संक्रमित निको भएर घर फर्किएका छन्।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेशनमा उचाररत २१ जनाको तेस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७० पुगेको छ। यसअघि विभिन्न जिल्लाबाट ४९ जना निको भएर घर फर्किसकेका छन् ।
डिस्चार्ज हुनेमध्ये बाँकेका पहिलो पटक कोरोना देखिएका मुस्लिम धर्मगुरु ६० वर्षीय पुरुष पनि छन्। वैशाख १९ गते पहिलो संक्रमित भेटिएका थिए। उनीहरु वैशाख १९ देखि २३ गतेसम्म भर्ना भएका थिए।
कमेन्ट गर्नुहोस्
