एकै दिन थपिए ५० कोरोना संक्रमित

Share:

काठमाडौँ ।  नेपालमा आज (शुक्रबार) मात्रै ५० जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भए सँगै शुक्रबार मात्रै ५० जना कोरोना संक्रमित थपिएका हुन् । यसअघि बिहान मात्रै ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका संक्रमितमा कैलालीका ३, डडेल्धुराका एक जना, बैतडीका एक जना, बाँकेका १४ र मोरङका एक जना रहेका छन् । उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ । अहिलेसम्म ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: