गण्डकी अस्पतालमा पार्किङ्ग शुल्कले सेवाग्राही प्रताडित

Share:

माधव पनेरु पोखरा, ८ पुस / पोखरामा पार्किङ्ग शुल्कको बारेमा चर्चा चलिरहेको बेलामा सरकारकै जिम्मेवार निकायले पार्किङ्ग शुल्क बाट लाखौ रुपैया असुलिरहेको तथ्य बाहिर आएको छ ।पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (गण्डकी)ले अस्पतालमा सेवा लिन आउने विरामी र विरामीका आफन्तहरुबाट पार्किङ्ग शुल्क उठाउने गरेको छ ।

अस्पतालले मोटरसाईकलबाट रु.१० र सानो सवारी अर्थात कार, जिपबाट रु.२० का दरले पार्किङ्ग शुल्क उठाउने गरेको अस्पतालका खरिद शाखाका प्रमुख हरिबहादुर भुजेलले बताए । पार्किङ्गकोे विषयमा कुरा गर्दा भुजेलले पत्रकारसँग पार्किङ्ग शुल्क नउठाएको प्रतिकृया दिए । उनका अनुसार महिनाको रु. २९ हजारका दरले अस्पतालले एक निजि क्षेत्रलाई ठेक्कामा दिएको छ ।

सरकारी सेवा सस्तो हुन्छ भनेर आउने बिरामीहरुले पार्किङ्ग शुल्क तिर्न परेपछि सेवाग्राही मर्कामा परेका छन । अस्पतालमा लाग्ने टिकट बराबरको पार्किङ्गको शुल्क तिर्न सेवाग्राही वाध्य छन । गण्डकी अस्पताल बाहेक अन्य अस्पतालहरुमा पार्किङ्गको शुल्क तिर्न पर्देन । निजि अस्पतालमा समेत तिर्न नपर्ने पार्किङ्ग शुल्क सरकारी अस्पतालमा भने वाध्यकारी छ ।

अस्पताल परिसरलाई व्यवस्थित बनाउनको लागि पार्किङ्ग शुल्क उठाएको खरिद शाखा प्रमुख भुजेलले बताए । सरकारी अस्पतालमा धमाधम पार्किङ्ग शुल्क उठाईरहे पनि सम्वन्धित निकाय मौन रहेको छ । यो विषयमा मानवअधिकारवादी तथा सरोकारवालाहरुले केही प्रतिक्रिया दिएका छैनन ।

पोखरामा रहेका अन्य सेवामुलक क्षेत्रमा रहेको पार्किङ्ग स्थलहरुमा शुल्क तिर्न पर्ने अबस्था छैन । निजि पार्किङ्ग स्थल बाहेक अन्य स्थानमा भने नगरपालिकाले पार्कीङ्ग शुल्क उठाउन पाउने गरि ठेक्का दिएपछि विवाद भएको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: