
पोखरा । नेपाली कांग्रेस पोखरा ५ का सभापति फडिन्द्रराज पराजूलीलाई मातृशोक परेको छ । वडाका पूर्व सभापति समेत रहनुभएका स्व. भोजराज पराजुलीकी श्रीमती यमकला पराजूलीको ८१ बर्षको उमेरमा शनिबार निधन भएको हो ।
केहि समयदेखि दमरोगको समस्याबाट प्रभावित पराजूलीको उपचारकै क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । नेपाली कांग्रेसमा अतुलनिय योगदान पुर्याएको पराजुली परिवारमा उनको निधन सँगै अपूरर्णिय क्षती भएको छ । उनी सामाजिक, धार्मिक सेवामा समेत निर्क सक्रिय रहेका थिए ।
स्वर्गिय पराजुलीका दुई छोरा र एक छोरी रहेका छन् । छोरा हरि प्रसाद पराजुली स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यका प्रत्यासी उम्मेदवार समेत रहेका थिए भने छोरी अम्बिका पराजुली नेपाली कांग्रेसमा क्रियाशिल रहेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं २ का सहसभापती बिजयराज आचार्यले सामाजिक संजाल मार्फत यस क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरेका छन् ।
स्व. पराजूलीको शवयात्रा आईतबार बिहान ०७ः३० बजे उनको निवास मालेपाटनबाट शुरु भएको पारिवाररिक श्रोतले जानकारी दिएको छ ।
