
काठमाडौँ । नेपालमा थप १९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार मोरङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।
यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ। ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
अहिलेसम्म ८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्जबाट ७ जना निको भएर घर फर्किएका हुन्।
कमेन्ट गर्नुहोस्
