
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या ५५ लाख ८८ हजार ३ सय ५६ पुगेको छ। विश्वभर ३ लाख ४७ हजार ८ सय ७३ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २३ लाख ६५ हजार ७ सय १९ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ६२ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै ९८ हजार २ सय १८ पुगेको छ।
ब्राजिलमा संक्रमितको संख्या ३ लाख ७४ हजार ८ सय ९८ पुष्टि भएको छ । यस्तै रुसमा ३ लाख ५३ हजार ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ ।
बेलायतमा संक्रमितको संख्या २ लाख ६२ हजार ५ सय ४७ पुगेको छ । त्यहाँ ३६ हजार ९ सय ९६ को मृत्यु भएको छ । स्पेनमा २ लाख ३५ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ २६ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ।
यता छिमेकी देश भारतमा १ लाख ४४ हजार ९ सय ५० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४ हजार १ सय ७२ को संक्रमणपछि मृत्यु भइसकेको छ।
