कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुग्यो

Share:

काठमाडौँ । कर्णाली प्रदेशमा कोरोना (कोभिड–१९)संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार विहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा मात्र संक्रमितको संख्या २३ पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार प्रदेश अस्पताल‚ सुर्खेत‚ पशपन्छी रोग अन्वेषण प्रयोगशाला‚ सुर्खेतमा गरिएको परीक्षणमाथप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा वीरेद्रनगर–१ का १६ वर्षीय पुरूष‚ विरेन्द्रनगर–२ का ९‚ २०‚ ३२‚ ३६ वर्षका पुरूष र ३२ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। यसैगरी विरेद्रनगर–३ र ६ का ४६ र २६ वर्षीय पुरूष‚ भेरीगंगा–८ का १६ र १७ वर्ष र सिम्ता–४ का ३५ र ४९ वर्षका पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: