आज देशभरको मौसम कस्तो रहन्छ?

Share:

पोखरा । आज (बुधबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेकोले मौसम बदली सँगै पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली हुने र थोरै स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

यस्तै राति पनि देशभरको मौसम सामान्य बदली रहने र थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: