छोरीको जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

Share:

लेखनाथ । कोरनाको विश्वब्यापी प्रभाव परिरहेको विषम अवस्थामा एक दयालु मनले आफनी छोरीको जन्मदिनको अवसर पारेर बृद्धाश्रमलाई सहयोग गरेकी छन् ।

लकडाउन जारी रहेको अवस्थामा पनि सामाजीक दुरी कायम राख्दै पोखरा ७ हिमाली टोल निवासी प्रिया गुरुङले छोरी सेनाजको पार्चौ जन्मोत्सवको अवसर पारेर पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेकी हुन् ।

जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटौती गर्दै गुरुङले आश्रममा रहेका ५१ जना जेष्ठ नागरिकहरुका लागि फलफुल लगाएत खाद्याय सामाग्री सहयोग गरेकी हुन् ।

छोरी सेनाजको जन्मोत्सवका अवसरमा आमा प्रिया गुरुङले आश्रम संचालन समितीका अध्यक्ष प्रेम लिगललाई विहिवार उक्त सामाग्री हस्तान्त्रण गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: