पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण

Share:

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रास्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा वृक्षारोपण गरियो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि घोषित बन्दाबन्दीको अवसरमा सामाजिक दुरी कायम गरि आज धुपी र चिउरीका विरुवा रोपिएको हो ।

गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाल कम्युष्टि पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापाले वृक्षारोपण गर्दै वातावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व राज्यमन्त्री एवम् नेकाका नेता महादेव गुरुङ, पोखरा १७ वडाअध्यक्ष तिर्थ अधिकारी, कार्यपालिका सदस्य राधीका शाही योगी लगायतको सहभागिता रहेको थियो ।

विश्ववातावरण दिवसको अवसरमा प्रत्येक बर्ष आवश्यकता अनुसारका विरुवा रोप्ने गरेको र यस बर्ष बन्दाबन्दीमा पनि वृक्षारोपण सहित परिसरमा यसअघि रोपिएका विरुवाको गोडमेल समेत गरिएको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्
Share: