
पोखरा । नेपालमा सोमबार थप ३१४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २९४ जना पुरुष र २० जना महिलामा संक्रमण देखिएको हो ।
झापाका ९ जना, सुनसरीका १ जना, मोरङका ९ जना, पाँचथरका १ जना, सप्तरीका ६ जना, धरानका १६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्कीका १ जना, स्याङ्जाका १ जना, पर्साका ८ जना, बाराका ७ जना, रौतहटका ११ जना, दाङका ४ जना, बाँकेका १ जना, बर्दियाका १८ जना, सुर्खेतका १ जना, दैलेखका १० जना, सल्यानका ५ जना, रुपन्देहीका ५ जना, अर्घाखाचीका ३१ जना, गुल्मीका १ जना, कपिलवस्तुका २४ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, प्युठानका ८ जना, महोत्तरीका १२ जना र सर्लाहीका १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।
त्यस्तै सोमबार २१ जना डिस्चार्ज भएका छन् । खजुरा बाँकेबाट २० जना र कोभिड–१९ युनिफाइट कमाण्ड अस्पतालबाट १ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका हुन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४८८ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण १४ जनाको भने मृत्यु भइसकेको छ।
नेपालमा हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।
