
पोखरा । गण्डकी प्रदेशका थप एक जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपरासी देबचुली नगरपालिको क्वारेन्टिनमा रहेका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनलाई अहिले रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भएको बताइएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४५ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ३८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३५ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ३ जना, पर्वतका ९ जना, गोरखाका ११ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।
संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना निको भइ घर फर्किसकेका छन् ।
यस्तै गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।
