प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट बहुमतले पारित

327
0
Share:

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले बजेट पारित गरेको हो।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेका थिए। जसमा नेकपाका सांसदहरूले पक्षमा मतदान गरे भने प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका प्रतिपक्षी दलका सांसदहरूले विपक्षमा मत जाहेर गरेका थिए।

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेस गरेका थिए।

प्रतिनिधिसभाबाट पारित भएपछि बजेटमाथि राष्ट्रिय सभामा छलफल हुनेछ। राष्ट्रिय सभामा पनि मन्त्रालयगत विनियोजनमाथि छलफल हुने कानूनी व्यवस्था छ। राष्ट्रिय सभाबाट पनि बजेट पारित भएपछि सरकारलाई खर्च गर्न बाटो खुल्नेछ।

कमेन्ट गर्नुहोस्
Share: