बिहीबार थप २५० जनामा कोरोना संक्रमण, थप १८७ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

गौतमका अनुसार २० महिलासहित २३० पुरुषमा बुधबार कोरोना संक्रमण देखिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा रौतहटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा बारा र धादिङका सात सात जना गरी १४ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २, रौतहटका १५, महत्तरीका ४ जनामा संक्रमण पुष्टि भएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९, कोशी अस्पताल विराटनगरमा झापाका ३ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दाङका ८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तैगरी भेरी अस्पतालको प्रयोशालामा गरिएको परीक्षणमा रोल्लाका १४ नजाका साथै बाँकेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ४८ र सुर्खेतका ७ जना कोरोना संक्रमित देखिएका छन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, प्युठानका ४ र रुपन्देहीका २९ जना संक्रमण पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा कैलालीका ७, बाजुराका १८, बझाङका २ जनामा संक्रमण पाइएको छ। धुलिखेल अस्पतालको प्रयोगशालामा नवलपरासी पश्चिमका ६ जनामा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रौतहटका ३९ जनाका साथै कपिलवस्तुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको पुगेको छ ।

हालसम्म १ लाख १५ हजार ९ सय ३० जनाको आरटीपिसिआर परीक्षण गरिएको छ। बिहीबार मात्रै ५ हजार १ सय ९४ जनामा कोरोनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा उपचारपछि संक्रमणमुक्त हुनेको संख्या ८६१ जना पुगेको छ ।

अहिलेसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको भने मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: