गण्डकी प्रदेशका थप ४ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनीहरु बर्ष १८, ३२, ५८ र ५९ का पुरुषहरु रहेका निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ।

आज शुक्रबार नै स्याङ्जाका २२ जना पुरुष, पर्बतका १३ जना पुरुष, तनहुँका १ जना पुरुष र नवलपुरका १ जना गरी ३७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ४२ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ४ जना, पर्वतका २२ जना, गोरखाका १५ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा १ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: