कास्कीका एक जनासहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका एक जनासहित गण्डकी प्रदेशका थप १८ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार बिहान जारी सूचना अनुसार गण्डकीका ५ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

सूचना अनुसार, कास्कीका १ जना, स्याङ्जाका ४ जना, गोरखाका १० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना र बाग्लुङका १ जनामा नयाँ संक्रमित पुष्टि भएको हो।

ती मध्ये एक जना महिला छन् भने बाँकी पुरुष हुन्।

उनीहरु सबै भारतबाट आएर स्थानीय क्वारेन्टिनमा रहेका व्यक्तिहरु रहेको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४८ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ९ जना, पर्वतका २६ जना, गोरखाका २५ जना र कास्कीका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: