विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८० लाख नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ८० लाख १५ हजार ५३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै विश्वभर ४ लाख ३६ हजार ३ सय २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३८ लाख ४३ हजार ७ सय ५१ जना संक्रमणमुक्त भएका छन्।

सवैभन्दा प्रभावित अमेरिकामा संक्रमित संख्या २१ लाख ११ हजार ६ सय २२ पुगेको छ। त्यहाँ १ लाख १६ हजार १ सय १४ जना संक्रमितको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ८ लाख ८८ हजार २ सय ७१ पुगेको छ । त्यहाँ ४३ हजार ९ सय ५९ जना संक्रमितको मृत्यु भएको छ । रुसमा ५ लाख ३६ हजार ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म ७ हजार ९१ जना संक्रमितको मृत्यु भएको छ ।

यता भारतमा ३ लाख ३२ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ। बेलायतमा २ लाख ९८ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ ४१ हजार ८ सय २१ जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: