पोखरामा उपचाररत ९० वर्षीय बृद्धसहित गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार दिउँसो जारी सूचना अनुसार कास्कीका १ र तनहुँका २ जना गरी थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराइरहेका ९० वर्षीय बृद्धमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकाका १२ र ४६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा मंगलबार बिहान मात्रै १८ जनामा संक्रमण पुष्टि भएको थियो

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४८ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ११ जना, पर्वतका २६ जना, गोरखाका २५ जना र कास्कीका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: