
काठमाडौँ । नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३ सय ८० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार झापाका १ जना, पाँचथरका १ जना, सुनसरीका २ जना, सिराहाका २ जना, रौतहटका ५२ जना, महोत्तरीका ८९ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, कास्कीका ३ जना, तनहुँका २ जना, बाग्लुङका १ जना, स्याङ्जाका ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
यसैगरी अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १ जना, बर्दियाका ९ जना, सप्तरीका ३ जना, आर्घाखाँचीका ९ जना, रुपन्देहीका ४ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, धनुषाका २१ जना, रामेछापका १ जना, साल्यानका १ जना, दाङका ५६ जना, काठमाडौँका १ जना, मोरङ १ जना, रोल्पाका १ जना, सर्लाहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । ती मध्य ४ सय ९९ महिला र ६ हजार ९२ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप ११७ जना कोरोना संक्रमणमुक्त भएका छन्। ती मध्ये ८ जना महिला र १०९ जना पुरुष छन्।
वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट ७ जना, आइसोलेसन सेन्टर सन्तालिया बाँकेबाट १० जना, आइसोलेसन सेन्टर सहपूर्वा बाँकेबाट ७ जना, सुशिल कोइराला क्यान्सर अस्पताल बाँकेबाट ५ जना, नारायणी अस्पताल विरगञ्जबाट ३ जना, भिम अस्पताल भैरहवा २६ जना, कोभिड क्निक अस्पताल दैलेखबाट २५ जना, आइसोलेसन सेन्टर इन्टिग्रेटेट बिल्डिङ मान्मा कालिकोटबाट २४ जना, दुल्लु अस्पताल दैलेखबाट ७ जना, तारताङ अस्पताल दैलेखबाट १ जना, प्रदेशिक अस्पताल सुर्खेतबाट २ जना निको भएर डिस्चार्ज भएका हुन् ।
योसहित नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन्।
हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
नेपालमा १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
