लेउवा संघले व्यवसायीक कर तिर्न सहजिकरण गर्ने

Share:

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघले आफ्ना व्यवसायी सदस्यहरुले कर तिर्दा पर्न सक्ने समस्या र प्रक्रियाका वारेमा सम्वन्धित निकायमा पुगी सहजिकरण गर्ने भएको छ ।

विश्व ब्यापी रुपमा फौलियको कोरोना भाईरसका कारण ब्यवसायको क्षेत्रमा परेका प्रभावलाई मध्यनजर राख्दै सरकारले अगाडी सारेको कर प्रणाली एवंम नितीका बारेमा मंगलवार व्यवसाय कर समन्वय उपसमितिका प्रतिनिधीहरुसँग छलफल गरि संघको तर्फबाट कर उठाउने निकायमा पुगी ब्यवसायीहरुका समस्याका बारेमा जानकारी गराउदै सहजीकरण गर्ने भएको हो ।

सरकारले कर तिर्ने समयलाई व्यवसायीको आग्रहमा असार ७ गते सम्म कायम गरेकाले उक्त समय भित्र आफ्नो व्यवसायिक प्रतिष्ठानको कर तिर्न जादा सहज हुने संघले घरेलु तथा साना उद्योग कार्यालय, पोखरा महानगरपालिका, आन्तरिक राजश्व कार्यालय र गुणस्तर तथा नापतौल कार्यालयमा पुगी कर बुझाउन सहज हुने गरि प्रक्रिया मिलाउन अनुरोध गर्ने भएको हो ।

व्यवसाय कर समन्वय उपसमितिका संयोजक रामजी पौडेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघ जस्तो सुकै विषम परिस्थिमा पनि व्यवसायीहरुको हक हितका सवालमा आवाज उठाउन तयार रहेको जानकारी गराएका थिए ।

सोही अवसरमा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, महासचिव गोपिचन्द्र बास्तोला र संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी लगायतले समयमा नै आफुले तिर्नु पर्ने ब्यवसायी कर तिरेर असल ब्यवसायी बन्न सवैमा अनुरोध गरेका थिए ।

यसै गरि महिला उद्यमी परिचालयन उपसमितिको मंगलवारै बसेको बैठकले कोरना भाईरसका कारण ब्यवसायहरु ठुलो मर्कामा परेको र आगामी दिनमा पुनः आफनो व्यवसाय संचालन गर्नमा महिला उद्योमीहरुलाई असह स्थीति आउन सक्ने तर्फ सचेत हुदै समयमा राज्यले ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।

महिला उद्यमी परिचालयन उपसमितिका संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, महासचिव गोपिचन्द्र वास्तोला, कोषाध्यक्ष जानुका अधिकारी कार्यसमिति सदस्य इन्दिरा रोका र डिलकुमारी दाहाल लगायतले साना व्यवसायीहरु माथी उठ्नै नसक्ने गरि समस्यमा परेकाले व्यवसायी हक हितका सवालमा आवाज उठाउनु पर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: