नेपालमा थप ६ सय ७१ जनामा कोरोना पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणमा ८० जना महिलासहित ५ सय ९१ जना पुरुषमा कोरोना संक्रमण पुष्ट भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा झापाका २ जना, मोरङका २ जना, अछाममा ४२, बैतडीका २५ जना, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुराका ८४ जना, कैलालीका ४२ जना कपिलवस्तुका १७ जना, काठमाडौंका २ जना, नुवाकोटका २ जना, रौतहटका ३४, रुपन्देहीका १२ जना, सर्लाहीका २, ललितपुरका १, नवलपरासीका २ र महोत्तरी १ जनामा कोरोना संक्रमण पाइएको छ।

यस्तै सिन्धुलीका १ जना, पर्वतका ९ जना चितवन १ जना, नवलपरासी पूर्वका ३१ जना धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १ जना, स्याङ्जाका ९ जना, तनहुँका १५ र गोर्खाका ११ जना, गुल्मीका ३ जना, पाल्पाका ६ जना, रोल्पा १ जना, अर्घाखाँचीका ९७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

त्यस्तै बाँकेका ३ जना, बर्दियाका ३ जना, दाङका ४ जना, दैलेखका ८७ जना, सुर्खेतका ३४ जना, अछामका २ जना, बझाङका २ जना, कञ्चनपुरका २ जना र डोटीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

आज मनाङ जिल्ला थप भइ संक्रमण देखिएको जिल्लाको संख्या ७४ पुगेको छ ।

थप १९ जना संक्रमणमुक्त

यस्तै बिहीबार थप १९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

जुम्लामा उपचाररत ६ जना, दैलेखमा उपचाररत १ जना, सल्कोट आइसोलेसन सेन्टरबाट ३ जना, सुर्खेतमा उपचाररत १ जना र नारयणी अस्तपालमा उपचाररत ८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।

योसहित नेपालमा हालसम्म १ हजार १ सय ८६ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्।

मृतक संख्या २२

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको पुष्टि भए सँगै मृतक संख्या २२ पुगेको हो ।

कैलालीका एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कैलालीका ४६ वर्षीय पुरुष र कैलाली कै ४३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ । पुरुषको सेती प्रादेशिक अस्पतालमा असार ३ गते र महिलाको नेपालगञ्ज मेडिकल अस्पतालमा असार २ गते मृत्यु भएको जनाइएको छ ।

यसैगरी हालसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४६ जनाको नमुना परीक्षण भएको छ। आरडिटी विधिबाट २ लाख ४३ हजार ७५ र पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३२ जनाको परीक्षण भएको छ। देशभरीका क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन्। यस्तै ६ हजार ६ सय ४८ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: