चेल्सी शीर्ष स्थानमा कायमै

Share:

काठमाडौं, पौष १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा कायमै छ । लिगको १८औं खेलमा शुक्रबार राति वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गर्दै चेल्सी ४५ अंकका साथ शीर्ष स्थानमा कायम रहेको हो ।

footbal-final7

त्यसैगरी, वेष्टब्रोमविच आल्बियनलाई ३–१ हराउँदै म्यानचेस्टर सिटी ४२ अंकका साथ दोस्रो स्थानमा छ । अर्को उपाधि दावेदार म्यानचेस्टर युनाइटेड न्युकासल युनाइटेडलाई पनि ३–१ ले नै पराजित गर्दै ३५ अंकका साथ तेस्रो स्थानमा छ ।

शुक्रबार रातिका अन्य खेलमा आर्सनलले क्वीन्स पार्क रेन्जर्सलाई २–१ ले, स्वान्सी सिटीले एस्टन भिल्लालाई १–० ले, हल सिटीले सन्डरल्यान्डलाई ३–१ ले, टोटनह्याम हट्सपरले लेस्टर सिटीलाई २–१ ले, साउथह्यामटनले क्रिस्टल प्यालेसलाई ३–१ तथा लिभरपुलले बर्नलेलाई १–० ले पराजित गर्‍यो ।

कमेन्ट गर्नुहोस्
Share: