
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ सय २९ पुगेको छ । गण्डकीमा हिजा बेलुका १०४ जना र आज विहान थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमित ७२९ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार हिजोे बेलुका कास्कीको पोखराका ७ जनासहित बागलुङका ५ जना पुरुष तथा १ महिला , पर्वत १८ पुरुष तथा ३ महिला , तनहुँका १ जना पुरुष , स्याङजाका ११ जना पुरुष तथा २ महिला, गोरखाका १० जना पुरुष तथा ८ महिला, नवलपुरका ३१ जना पुरुष तथा ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज विहान कास्कीका ५ जनासहित लमजुङका ४ पुरुष तथा १ महिला, तनहुँका १ जना पुरुष ,बागलुङका ९ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।



