नेपालमा थप ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

Share:

काठमाडौँ । नेपालमा बिहीबार थप ४३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका २२ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८ जना महिला र ३८६ पुरुष गरी ४३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार झापाका १ जना, सुनसरीका ६ जना, सप्तरीका ८ जना, मोरङका १ जना, धनुषाका ९ जना, महोत्तरीका ५ जना, सिराहाका २ जना, अछामका १३ जना, बैतडीका ३ जना, बझाङका १८ जना, बाजुराका ८ जना, डडेलधुराका १२ जना, कैलालीका ३ जना, कञ्चनपुरका ६० जना, रौतहटका ३४ जना, सर्लाहीका ५ जना, पाल्पाका १२२ जना, बाराका १ जना, डोल्पाका १ जना, काठमाडौँका ४ जना, ललितपुरका १ जना, भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नवलपरासी पूर्वका ५ जना, तनहुँका ९ जना, बाग्लुङका २ जना, म्याग्दीका ६ जना, स्याङ्जाका १ जना, नवलपरासी ३ जना, प्युठानका ७ जना, रुपन्देहीका ७ जना, रुकुम पूर्वका १ जना, बर्दीयाका ६ जना, बाँकेका ४ जना, दैलेखका २० जना, दार्चुलाका १ जना, धादिङका २ जना, इलामका १ जना, जुम्लाका २ जना, कालिकोटमा ३ जना, कास्कीका १ जना, लम्जुङका २ जना, सल्यानका १, सुर्खेतका १३ जना, दाङका १ जना, गोरखाका २ जना, गुल्मीका १ जना, इलामका १ जना, खोटाङका १ जना, ओखलठुङ्गाका २ जना, रामेछापका २ जना, ताप्लेजुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ जना पुगेको छ।

हालसम्म ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो।

हालसम्म नेपालमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

थप ३१२ जना कोरोना संक्रमणमुक्त

बिहीबार थप ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको हो।

पछिल्लो पटक १९ महिला र २९३ जना गरी ३१२ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ६ सय ५० उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: