
पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका तनहुँ र नवलपुरका ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज (बिहीबार) दिउँसो तनहुँका म्याग्दे गाउँपालिका ७ जना पुरुष र २ महिला तथा नवलपुर बिनय त्रिबेणी गाउँपालिका ४ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

