
पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका ४ जिल्लाका २३ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
शुक्रबार विहान तनहुँका ब्यास २ जना पुरुष, स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १ पुरुष, बाग्लुङ बरेङ् गाउँपालिकाका १ पुरुष तथा नवलपरासी पूर्व गैडाकोटका ७ पुरुष र कावासोती नगरपालिकाका १२ जना पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ९२ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्
