
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९५ लाख ६८ हजार ९ सय ९१ पुगेको छ। हालसम्म विश्वमा ४ लाख ८९ हजार ४ सय ५ संक्रमितको मृत्यु भइसकेको छ। यस्तै विश्वभर ४८ लाख ७ हजार ५ सय ४ संक्रमित उपचारपछि निको भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा २४ लाख १६ हजार ७ सय २७ संक्रमित भएका छन् । त्यहाँ १ लाख २२ हजार ५ सय ५० को मृत्यु भएको छ ।
यस्तै ब्राजिलमा संक्रमित संख्या १२ लाख २८ हजार १ सय १४ पुगेको छ भने मृत्यु हुनेको संख्या ५४ हजार ९ सय ७१ पुगेको छ। रुसमा ६ लाख १३ हजार १ सय ४८ संक्रमित छन् भने त्यहाँ ८ हजार ५ सय ९४ को मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा संक्रमित संख्या ४ लाख ७३ हजार १ सय ५ पुगेको छ भने त्यहाँ १४ हजार ८ सय ९४ को मृत्यु भएको छ। बेलायतमा ३ लाख ९ हजार ४ सय ५५ संक्रमित छन् भने ४३ हजार ३ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ।
