
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ करोडको पुगेको छ। यस्तै मृत्यु हुनेको संख्या ५ लाख ६०८ पुगेको छ । विश्वभर ५० लाख ३२ हजार १ सय ४६ जना संक्रमित भने निको भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या २५ लाख ५ हजार ५ सय ९३ पुगेको छ । त्यहाँ १ लाख २५ हजार ४ सय ८० संक्रमितको मृत्यु भइसकेको छ ।
यस्तै, ब्राजिलमा १३ लाख १३ हजार ६ सय ६७ संक्रमित छन् भने त्यहाँ ५७ हजार ७० को मृत्यु भएको छ। रुसमा संक्रमित संख्या ६ लाख २६ हजार ७ सय ७९ पुगेको छ भने ८ हजार ९ सय ५८ को मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा ५ लाख ८ हजार ९ सय ५३ संक्रमित छन् भने १५ हजार ६ सय ८५ को मृत्यु भएको छ। बेलायतमा संक्रमित संख्या ३ लाख ११ हजार ७ सय २७ पुगेको छ भने ४३ हजार ५ सय ९८ जना संक्रमितको मृत्यु भइसकेको छ।
