गण्डकीमा कोरोना संक्रमित ९ सय ६६ पुगे

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेशमा सोमबार साँझ ५३ जना र मंगलबार १७ जना नयाँ संक्रमित थपिएसँगै संख्या ९ सय ६६ पुगेको हो ।

मंगलबार विहान पोखरा महानगरपालिकाका ६ पुरुष र एक महिलासहित गण्डकीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका अनुसार मादी गाउँपालिकाका थप एक पुरुषसहित कास्कीका ७ पुरुष तथा एक महिला, तनहुँका ३ पुरुष तथा २ महिला, स्याङ्जाका १ पुरुष र लमजुङका ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार साँझ गण्डकी प्रदेशका ५ जिल्लाका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

स्याङजाका ८ पुरुष तथा २ महिला, बागलुङका १३ जना पुरुष तथा १ महिला, पर्वतका १३ जना पुरुष, तनहुँका ४ पुरुष तथा ६ महिला र गोरखाका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म २ सय १४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म गण्डकीमा कोरोनाबाट २ जनाको भने मृत्यु भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: