महानगरका विद्यालयहरुसँग जिल्ला आयोजना कार्यान्वयन इकाइको भौतिक निर्माण सम्झौता

Share:

पोखरा । जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा कास्कीले पोखरा महागरका ४६ वटा विद्यालयसँग भौतिक निर्माणको सम्झौता गरेको छ । ती विद्यालयहरुसँग २ कोठे ४,४ कोठे १२ भवन, शौचालय १७ र खानेपानी १३ निर्माणसम्बन्धी योजना सम्झौता गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तगरत सञ्चालित इकाइले आह्वान गरेअनुसार पोखरा महानगर बाट ३० प्रस्ताव दर्ता गराएका अधिकांश विद्यालयहरुलाई योजना परेको भन्दै जिल्ला समन्वयलकास्कीमा अध्यक्ष बैन बहादुर अधिकारीले खुसी व्यक्त गरे । कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सम्झैता गर्न प्र अ एवं बि ब्य स अध्यक्षहरुलाई अनुरोध गर्दै शैक्षिक हबका रुपमा कास्कीलाई अघि बढाउने अभियानलाई भौतिक निर्माणको यो योजनाले थप टेवा दिने विश्वास व्यक्त गरे ।निकै मेहनेतका साथ योजना पार्न आफुहरु सफल भएको बताए ।

इकाइका प्रमुख लालप्रसाद पोखरेलले सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन सबैभन्दा पहिला शिक्षाको विकास हुनुपर्नेमा आफूहरु सचेत रहेको भनाइ राखे । शिक्षाको विकासका लागि आधारभूत स्तरमा आवश्यक पर्ने भवन, शौचालय र खानेपानी उपलब्ध गराउन इकाइ लागिपरेको उनले बताए । सबै संरचनाका लागि पर्याप्त बजेट नेपाल सरकारले विनियोजन गरेकाले गुणस्तरमा कुनै पनि सम्झौता नगर्न विद्यालयहरुलाई आग्रह गर्दै प्रमुख पोखरेलले इकाइका तर्फबाट कुनै अवरोध नहुने तर मापदण्ड पालना गर्ने कुरामा अडिग रहनुपर्ने धारणा सुनाए ।

आगामी पुसमा इकाइको कार्यावधि सकिने जानकारी दिँदै उनले समयमै योजना सम्पन्न नभए रकम भुक्तानी गर्न नसकिने चेतावनीसमेत दिए । यसअघि जिल्लाभरका विद्यालयहरुलाई पोखरामा बोलाएर एकै चोटि अभिमुखीकरण तथा सम्झौता गर्ने गरिएको भए पनि कोभिड९ १९ का कारण भौतिक दूरी कायम गरेर हरेक पालिकामा यस्तो कार्यक्रम गरिएको पोखरेलले जानकारी दिए ।

कार्यक्रममा राष्ट्यि मा विका प्रार्चाय सुर्य तिवारी,बाल मन्दिर मा विका अध्यक्ष अर्जुन पराजुली, पोखरा महानगर शिक्षा शाखा प्रमुख बसन्तराज पौडेल, पोखरा महानगर वडा न। १का वडा अध्यक्ष शारदा पराजुली,पोखरेल, इन्जिनियर प्रभात लामिछाने, लगायतले भौतिक निर्माणका लागि गम्भीर भएर लाग्न विद्यालयहरुलाई आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन सरला श्रेष्ठले गरेकी थिइन् ।

सोही अवसरमा योजना परेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि योजनासम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: