
काठमाडौँ । नेपालमा आज (शुक्रबार) एकैदिन थप ७४० जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
आज सबैभन्दा धेरै अछामका २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कैलालीका ५८, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४० जना, रौतहटका २९, झापाका र डडेलधुराका २८/२८ जना, सिराहाका २४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी पूर्वका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२, बर्दिया १०, नवलपरासी, तनहुँ र दाङका ९/९, सप्तरी, सल्यान र कपिलवस्तुका ८/८, सुर्खेत र महोत्तरीका ६/६, उदयपुर र मोरङका ५/५, पर्वतका ३, पर्सा र कास्कीका २/२, सर्लाही, सिन्धुपाल्चोक, चितवन, बाग्लुङ, पाल्पा, रोल्पा र कालिकोटका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म ३२ कोरोना संक्रमितको भने मृत्यु भएको छ।हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्।
