
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड १० लाख ३७ हजार ६ सय २५ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७ सय ७७ पुगेको छ । यस्तै हालसम्म ५८ लाख ३४ हजार ३ सय ३७ जना संक्रमित भने उपचारपछि निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २७ लाख ८८ हजार ३ सय ९५ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख २९ हजार ४ सय ५ पुगेको छ।
यस्तै, ब्राजिलमा संक्रमित संख्या १५ लाख ३९ हजार ८१ पुगेको छ भने ६१ हजार ८ सय ८४ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा ६ लाख ६६ हजा ९ सय ४१ संक्रमित छन् । त्यहाँ ९ हजार ८ सय ४४ संक्रमितको मृत्यु भइसकेको छ ।
यता छिमेकी देश भारतमा संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ । त्यहाँ १८ हजार २ सय १३ जनाको मृत्यु भएको छ।
