नेकपा स्थायी कमिटि बैठक बस्दै, विवाद मिलाउन दुई अध्यक्षबीच फेरी छलफल हुने

Share:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बैठक डाकिएको छ । बैठकअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतिका लागि छलफल हुने जनाइएको छ।

पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप आन्तरिक छलफल गर्नेगरी शुक्रबारको स्थायी कमिटि बैठक एक दिनका लागि स्थगित गरिएको थियो। सहमति खोज्ने क्रममा शुक्रबार दुई अध्यक्षबीच ३ घण्टा वार्ता भए पनि निष्कर्षविहीन भएको थियो। छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए ।

स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन् । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री ओलीले भने दुवै पद आफूसँगै राखेर अन्य विषयमा सहमति खोज्नुपर्ने प्रस्ताव अघि सारेका छन्। पार्टीले जे गर्छ गरोस्, तर आफूले दुवै पद नछाड्ने प्रधानमन्त्री ओलीको दृढ अडान छ ।

कमेन्ट गर्नुहोस्
Share: