
पोखरा । पोखरा महानगरपालिका वडा नं.४ का निर्माण मजदुरहरु जनता समाजवादी पार्टी नेपाल निकट नेपाल समाजवादी निर्माण मजदुर संघमा संगठित भएका छन्। उत्पिडित वर्ग समुदाय र मजुदरको हितका निम्ती एक मात्रै बैकल्पिक राजनीतिक शक्ति जनता समाजवादी पार्टी र नेपाल समाजवादी ट्रेड युनियन महासंघ भएको भन्दै शनिवार विनिता परियारको अध्यक्षतामा महासंघ सम्बद्ध समाजवादी निर्माण मजदुर संघ वडा इकाई कमिटी गठन गरी मजदुरहरु संगठित भएका हुन् ।
गठित २१ सदस्यीय कमिटीको उपाध्यक्षमा बुद्धिराम चौधरी, सचिवमा रुपचन्द्र बल, सहसचिवमा सरस्वती क्षेत्री, कोषाध्यक्षमा देवी परियार, सहकोषाध्यक्षमा सुजु परिवार,सदस्यहरुमा डम्बरबहादुर नेपाली, रमिता सुनार, निसा परिया, सानु तामाङ, आस्मा आचार्य परियार, लक्ष्मी गहतराज, निशान थापा, सपना परियार, सनिसा परियार, मञ्जु विक, लक्ष्मी भट्टराई, माया परियार, पुजा परियार, गौरी विक र श्रीमाया लिगल रहेका छन् भने समितिको इञ्चार्जमा रमेशकुमार परिवारलाई भेलाले चयन गरेको छ।
मजदुरको वडा भेलामा समाजवादी ट्रेड युनियन महासंघका केन्द्रिय उपसचिव शिवबहादुर अधिकारीले मजदुर को हुन, मजुदर संघ संगठन किन आवाश्यक छ भने प्रष्ट पार्नु हुदै आजसम्म अरुले मजदुरलाई खेलौना मात्र बनाएकाले साँचो अर्थमा मजदुरको हितका लागि समाजवादी निर्माण मजुदर संघको आवाश्यकता र बैकल्पिक राजनितिक शक्ति जनता समाजवादी पार्टी नेपाल स्थापित भएकाले संगठित हुन आग्रह गरेका थिए ।
कार्यक्रममा मजदुर नेताहरु भिम मगराती, ताराबाबु श्रेष्ठ, उत्तम विक, विष्णु शर्मा आचार्य, रमेश कुमार परियार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
