तनहुँका ६ वर्षीय बालकसहित गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि

Share:

तनहुँ। तनहुँका ६ वर्षीय बालक गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार विहान गण्डकी प्रदेशका तनहुँ र बागलुङ जिल्लाका थप ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार तनहुँ जिल्ला व्यास नगरपालिकाका एक ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुष तथा बागलुङ काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: