पोखराका २ महिलासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखरा महानगरपालिकाका थप २ महिलासहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बेलुका गण्डकी प्रदेशका ४ जिल्लाका थप ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिकाका २२ र ३१ वर्षीया महिलासहित लमजुङ राइनासका ४८ वर्षीय पुरुष, गोरखाका गोरखा नगरपालिकाका ५३ वर्षीय पुरुष र बागलुङ ढोरपाटन नगरपालिकाका २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ४ जनालाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ । बागलुङका २९ वर्षीय पुरुषमा भने मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ९६ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: