
पोखरा । गण्डकी प्रदेशको कास्की जिल्लामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
बुधबार दिउँसो पोखराका १० जना सहित कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा पोखरा महानगरका १० पुरुष र मादी गाउँपालिकाका २ पुरुष तथा १ महिला रहेको निर्देशनालयले जनाएको छ । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको बताइएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनालाई जितेर घर फर्किनेक्को संख्या ३ सय ५३ पुगेको छ ।
कमेन्ट गर्नुहोस्

