
पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरिएको छ ।
नापी कार्यालय, कास्कीका प्रमुख नापी अधिकृत ई. खिमलाल गौतमले प्रदेश प्रमुख शेरचनलाई अद्यावधिक गरिएको नेपालको नयाँ नक्सा शुक्रबार हस्तान्तरण गरेका हुन् । सो अवसरमा गौतमले प्रदेश प्रमुख शेरचनलाई नक्साको बारेमा जानकारी गराएका थिए । नक्सा ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले नापी कार्यालय, कास्कीलाई धन्यवाद व्यक्त गरे ।
नक्सा हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बाँस्तोला समेत उपस्थित थिए ।
कमेन्ट गर्नुहोस्
