म्याग्दीमा खोलाले बगाउँदा एक जनाकोे मृत्यु

Share:

म्याग्दी । म्याग्दीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ९ बजे म्याग्दी रघुगगा गाउँपालिका–६ ठाडाखानी घर भएका अन्दाजी ५० वर्षीय नालिमान छन्त्यालको लापु खोलाले बगाएर मृत्यु भएको हो ।

गोठमा गाई भैसीलाई घाँसपात गर्न जाने क्रममा छन्त्याललाई खोलाले बगाएर बेपत्ता पारेको थियो । बेपत्ता छन्त्याललाई स्थानीयले खोजतलास गर्ने क्रममा बगाएको स्थान देखि ३०० मिटर तल खोलाको किनारामा मृत अवस्थामा फेला पारेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: