पूर्वी नवलपरासीमा बाढीले डाइर्भसन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Share:

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज (शनिबार) बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: