गण्डकीका थप १५ जनामा कोरोना संक्रमण पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना (कोभिड–१९)संक्रमण पुष्टि भएको छ ।

आइतबार बिहान गण्डकी प्रदेशका ७ जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

आइतबार कोरोना पुष्टि हुनेमा तनहुँका ६ पुरुष, लमजुङ, बाग्लुङ र पर्वतका २/२ पुरुष, स्याङ्जा र गोरखाका १/१ पुरुष तथा नवलपुरका १ महिला रहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: