
पोखरा । पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आज (आइतबार) चितवन भरतपुर महानगरपालिका–३ का अन्दाजी ३९ वर्षीय रोशन के.सी.मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आज साँझ ६ः४५ बजे पोखरा महानगरपालिका १४ चाउथे स्थित खसिबजार चोक नजिकै ट्रक ग्यारेजको छेउमा घोप्टो परेको अवस्थामा केसीको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
