कास्कीको मादीमा आफ्नै काकाको हत्या, भतिज पक्राउ

Share:

पोखरा । आफ्नै काकाको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ ।

सामान्य झगडामा आफ्नो ८० वर्षीय काका पिताम्वर सापकोटाको हत्या गरी फरार रहेका वर्ष ५५ का नवराज सापकोटालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम एसपी जिवन कुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

घटनापछि फरार भएका सापकोटालाई आइतबार विहान ०५ः३० बजे पोखरा–१३ कसेरीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

कास्कीको मादी गाउँपालिका वडा नं ४ स्थित घामनुङमा शनिबार साँझ ०६ः३० बजे भएको झगडमा नवराजले आफ्नै दुई जना काकाहरु पिताम्वर र ७७ वर्षिय केशवराज सापकोटालाई खुकुरी प्रहार गर्दा पिताम्वरको मृत्यु भएको उनले जनाए ।

उनका अनुसार खुकुरी प्रहारपछि घाइते दुबैलाई मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि ल्याइएकोमा गम्भीर घाइते पिताम्वरको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटनामा प्रयोग भएको खुकुरी समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका नवराजलाई कर्तव्य ज्यान मुद्धामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: