विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख नाघ्यो, ५ लाख ६८ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २८ लाख ७८ हजार ३ सय २५ पुगेको छ । यस्तै ५ लाख ६८ हजार ५ सय ४१ संक्रमितको मृत्यु भएको छ भने हालसम्म ७० लाख ९२ हजार ८ सय १५ निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३३ लाख १ हजार ८ सय २० पुगेको छ । अमेरिकामा हालसम्म १ लाख ३५ हजार १ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यस्तै ब्राजिलमा संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ। त्यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ।

यता छिमेकी देश भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या आठ लाख ७८ हजार २५४ पुगेको छ । त्यहाँ २३ हजार १७४ संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: